नेपालमा Walkie Talke प्रयोग गर्न लाईसेन्स चाहिन्छ? किन चाहिन्छ ? कति दुरि सम्म काम गर्दछ ? लाइसेन्स फ्रि Walkie Talkie हुन्छ ? आदि आदि । यस कार्य क्षेत्रमा १६ बर्षको अनुभवले हामिलाई धेरै सोधिने सामान्य प्रश्नाहरुको उत्तर दिने प्रयास गरेका छौ । Technical प्रश्नका लागि भने हामिलाई सम्पर्क गर्नु होला ।
१ नेपालमा Walkie Talkie प्रयोग गर्न लाईसेन्स चाहिन्छ ?
- हो, नेपालमा Walkie Talkie प्रयोग गर्न अनिवार्य रुपमा नेपाल सरकारमको अनुमति पत्र लाईसेन्स लिनु पर्दछ ।
२ लाईसेन्स भनेको के हो ?
लाईसेन्स भनेको नेपाल सरकारले Walkie Talkie प्रयोग गर्नको लागि दिएको अनुमति हो जुन प्रमाण पत्रमा कुन कुन Model का वाकि टकि प्रयोग गर्ने र कति कति वटा वाकि टकि प्रयोग गर्ने, कुन ठाउँमा प्रयोग गर्ने, कुन Frequency प्रयोग गर्ने भनि दायरा तोकियको हुन्छ ।
३ Walkie Talkie बिक्रि बितरण गर्न पनि लाईसेन्स चाहिन्छ ?
-हो, नेपालमा वाकि टकि बिक्रि बितरण गर्न पनि अनिवार्य लाईसेन्स चाहिन्छ । लाईसेन्स नलिइ बिक्रि बितरण गरिएको पाइएमा नजिकैको प्रहरि चौकि, सूचना बिभाग वा जिल्ला प्रशासन वा संचार मन्त्रालय लाई खबर गर्नु पर्छ ।
४ डिकेड इन्टरनेशनल संग वाकि टकि किन किन्ने ?
नेपालमा वाकि टकि लाईसेन्स उपकरण हो, अर्थात सरकारद्वारा निगरानिमा राखियको उपकरण हो, त्यसैले नेपाल सरकारद्वारा वाकि टकि बिक्रि बितरणको स्वीकृत प्रात्त बिक्रि बितरक संग मात्र खरिद गनु पर्दछ अन्यथा कानुनन् कार्यवाहिको भागिदार हुनु पर्दछ । त्यसैले ICOM Japan, Alinco Japan को एक मात्र नेपाल सरकारदारा बिक्रि बितरक लाईसेन्स प्रात्त उच्च अन्र्तरराष्ट्रिय स्तरको मर्मत सम्भार कार्यशाला भएको यस डिकेड इन्टरनेशनल संग वाकि टकि खरिद गर्दा गुणस्तरिय उपकरण त पाहिन्छ नै आश्यक सल्लाह, लाइसेन्स प्राप्त गर्न सहयोग, र खरिद पछाडि समेत ब्यबसाहिक तथा कानुनि सल्लाह पाहिन्छ ।
५ वाकि टकि प्रयोग गर्न Frequency नै चाहिन्छ र ?
चाहिन्छ, कुनै पनि किसिमका संचार उपकरण Frequency बिना चल्न सक्दैन । त्यसैले कुनै न कुनै एक Spot Frequency को जरुरि पर्दछ ।
६ Frequency भनेको के हो ?निश्चित समय भित्र निश्चित दुरि पार गर्ने तरंगहरुको संख्यालाई Frequency भनिन्छ । जसलाई Hertz 'Hz' (KHz, MHz) मा नापिन्छ ।
*Range को गणना Landscape, Line Of sight मा छ भनेर अनुमान गरिएको छ ।
Push To Talk Ove Cellular
Mobile | Walkie Talkie |
मोबाइल फोन ब्यक्तिगत कुराकानिको लागि प्रयोग गरिन्छ । | वाकिटकि समूहमा कुराकानिको लागि प्रयोग गरिन्छ । |
मोबाइल फोन वाट कुरा गर्नको लागि फोन नं. खोजि Dial गर्ने तथा मोबाइल Network Connection हुन केहि समय लाग्न सक्छ । | वाकिटकिको माध्यमबाट केहि सेकेन्डमै कुरा गरि सकिने हुनाले समयको समेत बचत हुन्छ । |
मोबाइल फोन बाट एकै चोटि २ वा सो भन्दा बढि ब्यक्तिलाइ Call गर्न सकिदैन । | वाकिटकि बाट एकै चोटि सबै जना संग एकै साथ कुरा गर्न सकिन्छ । साथै मोबाइल फोनमा जस्तै एक एक जना संग पनि कुरा गर्न सकिन्छ । |
SIM लाग्ने Walkie Talkie बाट कुरा गर्दा SIM बाट BALANCE काट्छ कि काट्दैन ?
-काट्दैन, यो बाषिक Subscription बाट चल्ने हुनाले SIM बाट कुनै BALANCE काट्दैन ।
For More details, Contact
service@decadeint.com
+977 9802266603, 9802266600
+977-01-4983043, 4981281